Close sidebar

टी-२० विश्वकप छनोट : नेपालको स्तर अनुसारको प्रदर्शन

नेपाली क्रिकेट टिमले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्दै आजदेखि सुरु भएको आईसीसी टी-२० विश्वकपको एसिया छनोटमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु समर्थकको माझ नेपालले सिंगापुर विरुद्ध बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्‍यो ।

सन्दीप लामिछानेले पुनरागमन गरेको खेलमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो ।

जवाफमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट इनिङ्स खेल्दै ७४ रन बनाएपछि नेपालले १६.३ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

‘हाम्रो अपेक्षा अनुसारकै खेल नेपालले देखायो र नेपाल टिमले आफू कुन स्तरमा छ भनेर देखायो,’ अनलाइनखबरको लाइभ कमेन्ट्रीमा एक्सपर्ट गेष्टको रुपमा रहेका शरदले खेलपछि भने, ‘१७ ओभरमै खेल जित्दा नेपाली टिमको मनोबल बढाउँछ र बाँकी ६ टिमको लागि पनि अर्कै खालको दबाब सिर्जना पर्छ । विशेष गरी अब नेपालसँग खेल्ने मलेसिया र ओमानलाई दबाब पर्छ ।

अहिले चिसो मौसम रहेकोले बिहान ब्याटिङ गर्नु चुनौतीपूर्ण थियो । टस जित्ने टिमले बलिङ रोज्ने अपेक्षा थियो । तर सिंगापुरले टस जितेर ब्याटिङ रोज्यो । नेपाललाई यसैको फाइदा भयो ।

‘सिंगापुरले टस जितेर नेपाललाई बलिङ गर्न दिनु नै सरप्राइजिङ थियो । जसले गर्दा नै नेपाल लक्की भयो’, शरदले भने ।

Tags: कीर्तिपुर, खेलकुद, नेपाल

हाम्रो बारेमा

सुचना र प्रविधिको विकास भए संगै डिजिटल प्रविधिमा आम मानिसहरुको पहुचलाई मध्यनजर गर्दै संसार भर छरिएर रहेका आम नेपाली र नेपाली भाषीहरु समक्ष सत्य तथ्य , निष्पक्ष सुचना , संचार एवम् मनोरञ्जनको लागि आम जनताको सुचनाको हक र अधिकारलाई निरन्तरता दिदै संचार जगतको विकासमा टेवा पुर्याऊने उदेश्यले मध्यविन्दु मिडिया नेटवर्क   द्वारा संचालित ‘मध्यविन्दु टेलीभिजन madhyabindukhabar.com अनलाईन न्युज पोर्टल हो ।

सम्पर्क

फोन नं : ०७८५९०८०४
दर्ता नं :२१५१६७/०७५/०७६
इमेल : Madhyabindu.tv4@gmail.com
विज्ञापनको लागि :Madhyabindu.tv4@gmail.com
ठेगाना : तिनकुने , काठमाडौं